यसरी गोली प्रहार भएको थियो जापानका पूर्वप्रधानमन्त्री आबेमाथि [भिडियोसहित]
काठमाडौं । चुनावी भाषणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेमाथि गोली प्रहार भएको छ । जापानको नारा सहरमा चुनावी भाषण गरिरहेका बेला आबेमाथि गोली प्रहार भएको हो ।
गोली लागेपछि गम्भीर घाइते भएका उनको उपचार जारी छ । अस्पताल पुर्याउँदासम्म आबे होसमै रहेको बताइन्छ । गाेली लागेर ढलेपछि रगत लत्पतिएकाे देख्न सकिन्छ ।
घटनालगत्तै गोली प्रहार गरेको आशंकमा प्रहरीले घटनास्थलबाटै एक व्यक्तिलाई पक्राउ गरेको तस्बिर सार्वजनिक भएको छ । ती पुरुष ४१ वर्षका भएको बताइएको छ ।

केही मान्छेको बीचमा भाषण गरिरहँदा गोली पड्कको र धुवा देखिएको भिडियो देख्न सकिन्छ । पहिलो निशाना चुकेपछिको दोस्रो प्रहारमा आबेलाई गोली लागेको बताइन्छ । उनलाई पछाडि गोली लागेको संचारमाध्यमले उल्लेख गरेका छन् ।
जापानमा आउँदो आइतबार माथिल्लो सदनको चुनाव तोकिएको छ । लिबरल डेमोक्रेटिक पार्टीका पूर्वअध्यक्ष रहेका आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री बनेका थिए । उनी लोकप्रिय प्रधानमन्त्रीमध्येमा पर्छन् ।
यस्ताे छ गाेली प्रहारकाे भिडियाे
यीनै हुन् जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली प्रहार गर्ने व्यक्ति
जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था गम्भीर
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया