यसरी गोली प्रहार भएको थियो जापानका पूर्वप्रधानमन्त्री आबेमाथि [भिडियोसहित]
![यसरी गोली प्रहार भएको थियो जापानका पूर्वप्रधानमन्त्री आबेमाथि [भिडियोसहित]](https://nepalwatch.com/wp-content/uploads/2022/07/Shinzo-Abe-japan.jpg)
काठमाडौं । चुनावी भाषणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेमाथि गोली प्रहार भएको छ । जापानको नारा सहरमा चुनावी भाषण गरिरहेका बेला आबेमाथि गोली प्रहार भएको हो ।
गोली लागेपछि गम्भीर घाइते भएका उनको उपचार जारी छ । अस्पताल पुर्याउँदासम्म आबे होसमै रहेको बताइन्छ । गाेली लागेर ढलेपछि रगत लत्पतिएकाे देख्न सकिन्छ ।
घटनालगत्तै गोली प्रहार गरेको आशंकमा प्रहरीले घटनास्थलबाटै एक व्यक्तिलाई पक्राउ गरेको तस्बिर सार्वजनिक भएको छ । ती पुरुष ४१ वर्षका भएको बताइएको छ ।
केही मान्छेको बीचमा भाषण गरिरहँदा गोली पड्कको र धुवा देखिएको भिडियो देख्न सकिन्छ । पहिलो निशाना चुकेपछिको दोस्रो प्रहारमा आबेलाई गोली लागेको बताइन्छ । उनलाई पछाडि गोली लागेको संचारमाध्यमले उल्लेख गरेका छन् ।
जापानमा आउँदो आइतबार माथिल्लो सदनको चुनाव तोकिएको छ । लिबरल डेमोक्रेटिक पार्टीका पूर्वअध्यक्ष रहेका आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री बनेका थिए । उनी लोकप्रिय प्रधानमन्त्रीमध्येमा पर्छन् ।
यस्ताे छ गाेली प्रहारकाे भिडियाे
यीनै हुन् जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली प्रहार गर्ने व्यक्ति
जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था गम्भीर
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया