विप्लव पथमा धर्मेन्द्र : सामुदायिक वनका अध्यक्षलाई कालोमोसो
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरेर अलग भएको नेकपा (बहुमत)का कार्यकर्ताले डडेल्धुरामा सामुदायिक वनका अध्यक्षलाई कालो मोसो दलिदिएका छन् ।
आलिताल गाउँपालिका–३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई भ्रष्टाचारको आरोपमा धर्मेन्द्र बाँस्तोला नेतृत्वको सो पार्टीका कार्यकर्ताले कालोमोसो दलिदिएका हुन् ।
अध्यक्ष मडैले सामुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय आलिताललाई छलेर किर्ते कागज गरी सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सांकेतिक कारबाही गरिएको सो पार्टीले जनाएको छ ।
यसअघि विप्लव नेतृत्वको नेकपाले यस्तो काम गर्नै आएको थियो । अहिले केही मत्थर भएको थियो । तर, पुनः सोही पार्टीमा छुट्टिएको बहुमतले उस्तै गतिविधि गर्न सुरु गरेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया