गोली लागेका जापानी पूर्वप्रधानमन्त्री आबेको निधन
काठमाडौं । गाेली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएकाे छ । उनको नारा सहरको एक अस्पालमा उपचारका क्रममा निधन भएको जापानकाे सरकारी मिडिया एनएचकेले पुष्टि गरेकाे छ ।
जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका ६७ वर्षीय आबेलाई चुनावी भाषण दिने क्रममा शुक्रबार गोली प्रहार गरिएको थियो ।
आबेको घाँटीको दाहिने भाग र बायाँ कुममा गोली लागेको नारा सहरको दमकल विभागले पुष्टि गरेको छ । अधिकारीहरूले आबेलाई छाती र घाँटीमा गोली लागेका कारण आन्तरिक रक्तस्राव भएको यसअघि बताएका थिए ।
पत्रकार सम्मेलनमा डाक्टरले आबेको उपचारमा चिकित्सकहरूले साढे चार घण्टा बिताएको बताएका छन् । रक्तस्राब रोक्ने प्रयास गर्दै चिकित्सकहरुले उनलाई १०० युनिटभन्दा बढी रगत चढाएको पनि बताए । चिकित्ककहरुले उनको शल्यक्रिया गर्दा गोली फेला पार्न नसकेको र शरीरको दुई भागमा घाउ लागेको पनि बताएका छन् ।
[Breaking News] Officials say former Japanese Prime Minister #Abe Shinzo has been confirmed #dead. He was reportedly #shot during a speech on Friday in the city of #Nara, near Kyoto.https://t.co/bZpiKm8wIN
— NHK WORLD News (@NHKWORLD_News) July 8, 2022
संदिग्ध आक्रमणकारी ४१ वर्षको पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ ।
आबेले स्वास्थ्यको कारण देखाउँदै सन् २०२० मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई पेटसम्बधी रोग लागेको थियाे ।
आबे लिबरल डेमोक्रेटिक पार्टीका पूर्वअध्यक्ष हुन् ।
उनी दुईपटक प्रधानमन्त्री भएका थिए । सन् २००६ देखि ०७ सम्म उनी पहिलोपटक प्रधानमन्त्री भए । त्यसपछि २०१२ देखि २० सम्म करिब ८ वर्ष उनी प्रधानमन्त्री बनेका थिए ।
यीनै हुन् जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली प्रहार गर्ने व्यक्ति
यसरी गोली प्रहार भएको थियो जापानका पूर्वप्रधानमन्त्री आबेमाथि [भिडियोसहित]
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया