NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

बलात्कार मुद्दामा हद म्याद बढाउने सहमति, कसका हकमा कति वर्ष ?

काठमाडाैं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दामा हद म्याद बढाउने सहमति भएको छ । सहमितअनुसार बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष बढाउन सहमति भएको हो ।

समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको विधेयकमाथिको छलफलमा हद म्याद बढाउने सहमति जुटाएको छ । समितिले जुटाएको सहमिति अनुसार  बलात्कारमा परेका नाबालिगले बालिग भएको (१८ वर्ष पूरा भएको) ३ वर्षपछि अर्थात २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्नुपर्ने छ । त्यस्तै बालिगको हकमा भने घटना भएको दुई वर्ष भित्र उजुरी गर्नुपर्ने छ ।

अपाङ्गता, जेष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको ३ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको दुई वर्ष ३ महिना भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । उनीहरुको हकमा तीन महिना औषधि उपचार गर्नका लागि समय दिइएको हो ।