निर्माण व्यवसायी महासंघद्वारा उद्योगको समस्याबारे नवनियुक्त भौतिक मन्त्रीलाई जानकारी
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको समस्याका बारेमा नवनियुक्त भौतिक, पूर्वाधार तथा यातायात मन्त्री मोहमद इस्तियाक राईलाई जानकारी गराएको छ ।
शुक्रवार महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण व्यवसाय विकास परिषद्का अध्यक्ष समेत रहेका मन्त्री राईलाई निर्माण उद्योगको समस्या सहित समाधानको उपायका बारेमा पनि अवगत गराएको छ ।
सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनमा उल्लेख भए अनुसार व्यवहारिक रुपमा म्याद थप कार्यान्यवनको व्यवस्था गरिदिन महासंघ प्रतिनिधिमण्डलले आग्रह गरेको छ ।
पछिल्लो समय इन्धनमा अत्यधिक मूल्यवृद्धि हुँदा निर्माण सामाग्रीहरूको पनि मुल्य बढ्न गई व्यवसायी मारमा परेको भन्दै प्रतिनिधिमण्डलले मुल्यवृद्धि समायोजन निर्देशिका जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बिमा निर्देशिका २०७८ खारेजीको माग पनि प्रतिनिधिमण्डलले मन्त्री राई समक्ष राखेको छ । जवाफमा मन्त्री राईले निर्माण उद्योगको समस्या बारेमा अध्ययन गर्ने बताउँदै निर्माण उद्योगको कठिनाई बारे आफू जानकार रहेको बताए ।
महासंघ प्रतिनिधिमण्डलले मन्त्री राईलाई बधाई दिँदै उनको कार्यकालको सफलताको कामना पनि गरेको छ । महासंघ प्रतिनिधिमण्डलले शुक्रवार नै शहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटी बधाई दिँदै उनको कार्यकालको सफलताको कामना गरेको छ ।
महासंघ प्रतिनिधिमण्डलमा अध्यक्ष सिंह, मनार्थ सदस्य गेल्जे शेर्पा, वरिष्ठ उपाध्यक्ष ई।आङ दोर्जी लामा (एडी), उपाध्यक्ष बालकृष्ण थापा, महासचिव रोशन दाहाल, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, कार्यालय प्रमुख प्रेमसिंह ऐर, कर्मचारी ईमेश गौतम लगायत रहेका थिए ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया