ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ ।
महानगरले आज एक विज्ञप्ती जारी गर्दै मेयर महर्जनलाई आज संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।
जारी विज्ञप्तीमा उल्लेख गरिएअनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी घरमै आराम गरिरहेका छन् ।
देशभर पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हाल दुई सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया