NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सम्पूर्ण वाम–लोकतान्त्रिक शक्तिबीच ध्रुवीकरण आवश्यक छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी युद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि सम्पूर्ण वाम–लोकतान्त्रिक शक्तिबीच ध्रुवीकरण आवश्यक रहेको बताएका छन् ।

मुस्लिम समुदायको पर्व बकर ईदको उपलक्ष्यमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले प्राप्त उपलब्धिको रक्षा गरी वैज्ञानिक समाजवादको यात्रा तय गर्न सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।

यस पर्वले सम्पूर्ण धर्मालम्बीहरूमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई कायम राखी राष्ट्र निर्माण र एकतालाई सुदृढ बनाउने विश्वास लिएका छन् ।