केन्द्रीय समिति बैठकअघि देउवाविरूद्ध शेखरको ‘काउन्टर मुभ’, बोलाए छुट्टै भेला
काठमाडौं । कांग्रेसका असन्तुष्ट डा. शेखर कोइराला समूहले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ ।
सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि समान धारणा तय गर्न भेला बोलाएको कोइराला निकट एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार भेला दिउँसो १ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्नेछ ।
भोलि बस्ने बैठकमा समान धारणा बनाउनुको साथै भेलाले ‘काउन्टर मुभ’का लागि सम्भावित एजेण्डाहरू तय गर्नेछ । सभापति देउवाले विधान विपरित पार्टी सञ्चालन गरेको, भातृ संगठनको नेतृत्व चयन गर्दा एकलौटी गरेको, पार्टी निर्णयमा संस्थापन इतरलाई बाइपास गरिएको लगायत कोइराला पक्षले आरोप लगाउँदै आएका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया