NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

केन्द्रीय समिति बैठकअघि देउवाविरूद्ध शेखरको ‘काउन्टर मुभ’, बोलाए छुट्टै भेला

काठमाडौं । कांग्रेसका असन्तुष्ट डा. शेखर कोइराला समूहले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ ।

सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि समान धारणा तय गर्न भेला बोलाएको कोइराला निकट एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार भेला दिउँसो १ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्नेछ ।

भोलि बस्ने बैठकमा समान धारणा बनाउनुको साथै भेलाले ‘काउन्टर मुभ’का लागि सम्भावित एजेण्डाहरू तय गर्नेछ । सभापति देउवाले विधान विपरित पार्टी सञ्चालन गरेको, भातृ संगठनको नेतृत्व चयन गर्दा एकलौटी गरेको, पार्टी निर्णयमा संस्थापन इतरलाई बाइपास गरिएको लगायत कोइराला पक्षले आरोप लगाउँदै आएका छन् ।