प्रोटोन मोटर्सले ल्यायो ‘मनसुन एक्स्चेन्ज अफर
काठमाडाैं । नेपालका लागि प्रोटोनको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘मन्सुन एक्स्चेन्ज अफर’ ल्याएको छ । कम्पनीले असार २३ गतेबाट यो आयोजना सार्वजनिक गरेको हो ।
उक्त एक्स्चेन्ज अफर २७ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । कम्पनीले योजनाअन्तर्गत ग्राहकहरूले गैरीधाराको प्रोटोन शोरुममा उपलब्ध विभिन्न सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
एक्स्चेन्ज अफरमा ग्राहकले स्पट एक्स्चेन्ज सुविधा, पुराना सवारीसाधनको तत्काल मूल्याङ्कन, २० प्रतिशत डाउन पेमेन्ट सुविधा, एक्स्चेन्ज बोनस र निःशुल्क बीमा र एक वर्षको लागि निःशुल्क सडक कर प्राप्त गर्नेछन् । साथै, ग्राहकहरुले टेस्ट ड्राइभमा आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।
२०२० देखि नेपालमा आधिकारिक बिक्री शुरु गरेको कम्पनीले सेडान खण्डमा प्रोटोन सागा, सी–सेग्मेन्ट एसयुभी मा प्राटोन एक्स५० र प्रिमियम एयसयुभी खण्डमा प्रोटोन एक्स७० बिक्री गर्दै आएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया