NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

त्रिविको प्रश्नपत्र हुबहु दोहोरिएकोमा नेविसंघको आपत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बारम्बार प्रश्न पत्र दोहो-याएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघले)  आपत्ति जनाएको छ । नेविसंघले शनिबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले विद्यार्थीको भविष्यमा चरम लापरपाही गरेको भन्दै छानविन गर्न मागसमेत गरेको छ ।

नेविसंघले परीक्षा संवेदनशिल विषय भएकाले लापारवाही गर्न नपाइने उल्लेख गर्दै प्रश्नपत्र निर्माण, परीक्षा संञ्चालन तथा परीक्षाफल प्रकाशनलगायतका विषयमा संवेदनशील बन्दै विश्वसनियता तथा वैद्यता कायम गर्न माग गरेको छ ।

नेविसंघले प्रश्नपत्र निमार्ण तथा नियमन गर्ने निकायका व्यक्तिले विचौलियालाई छानविन गरी कारबाहीको दायरामा नल्याए विश्वविद्यालयविरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

No description available.