प्रभु क्यापिटलद्वारा मोबाइल एप सञ्चालनमा
काठमाडौं । प्रभु क्यापिटलले मोबाइल एप सञ्चालनमा ल्याएको छ । क्यापिटलका सेवाहरू छिटो र छरितो गर्न ग्राहकलाई सजिलो बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको क्यापिटलले जनाएको छ।
मोबाइल एपबाट ग्राहकले अनलाइनबाटै हितग्राही खाता र मेरो सेयर अनलाइन सेवाका लागि आवेदन दिन सकिने क्यापिटल कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै, भिडियो केवाईसी गर्न, हितग्राही खाताका विवरण परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो सेयरको नवीकरणा शुल्क भुक्तानी गर्न, मेरो सेयरको पासवर्ड परिवर्तन गर्न निवेदन र हितग्राही खाताको स्टेटमेन्ट माग गर्न उक्त एपबाट सजिलो हुने कम्पनीले बताएको छ ।
यसैगरी लगानी व्यवस्थापन सेवामा जोडिन उपलब्ध योजनामा आवेदन दिन सकिने सुविधा पनि एपमा रहेको छ । साथै नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीको कारोबारको विवरण तथा विभिन्न परिसूचकको अवस्था पनि सो एपमार्फत हेर्न सकिने कम्पनीको भनाइ छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया