प्रभु क्यापिटलद्वारा मोबाइल एप सञ्चालनमा

काठमाडौं । प्रभु क्यापिटलले मोबाइल एप सञ्चालनमा ल्याएको छ । क्यापिटलका सेवाहरू छिटो र छरितो गर्न ग्राहकलाई सजिलो बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको क्यापिटलले जनाएको छ।
मोबाइल एपबाट ग्राहकले अनलाइनबाटै हितग्राही खाता र मेरो सेयर अनलाइन सेवाका लागि आवेदन दिन सकिने क्यापिटल कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै, भिडियो केवाईसी गर्न, हितग्राही खाताका विवरण परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो सेयरको नवीकरणा शुल्क भुक्तानी गर्न, मेरो सेयरको पासवर्ड परिवर्तन गर्न निवेदन र हितग्राही खाताको स्टेटमेन्ट माग गर्न उक्त एपबाट सजिलो हुने कम्पनीले बताएको छ ।
यसैगरी लगानी व्यवस्थापन सेवामा जोडिन उपलब्ध योजनामा आवेदन दिन सकिने सुविधा पनि एपमा रहेको छ । साथै नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीको कारोबारको विवरण तथा विभिन्न परिसूचकको अवस्था पनि सो एपमार्फत हेर्न सकिने कम्पनीको भनाइ छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया