लिउ भ्रमण : निवासमै स्वागत गर्दै प्रचण्ड, राष्ट्रपतिसँगको भेटवार्ता मंगलबार
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चारदिने औपचारिक भ्रमणका लागि आइतबारदेखि नेपालमा छन् ।
भ्रमणको पहिलो दिन नेता लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गरे । उनले सोमबार पनि यो श्रृंखलालाई जारी राख्दै विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भलाकुसारी गर्दैछन् ।
नेता लिउले सोमबार अपराह्न चार बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको छ । त्यसका लागि प्रचण्डले खुमलटारस्थित आफ्नो निवासमा आउन लिउलाई निम्तो दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत पनि उनले भेट गर्ने कार्यक्रम छ । राष्ट्रपतिसँगको भेटवार्ताका लागि मंगलबार बिहानको समय तय भएको बताइएको छ ।
उनी बुधबार स्वदेश फर्कंने सेड्युल छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया