NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

लोक सेवाको परीक्षामा कान्स रेडकार्पेटबारे प्रश्न सोधिएकोमा के भन्छिन् सुरक्षा ?

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा गत महिना सहभागी भएकी थिइन् । ‘द माउन्टेन्स’ फिल्मको प्रदर्शनीमा उनले सो मौका प्राप्त गरेकी थिइन् ।

कान्सको रेड कार्पेटमा पुग्ने सुरक्षा नै पहिलो नेपाली कलाकार हुन्  । यहि विषयलाई लोकसेवा आयोगले लिएको २३ गतेको नेपाली सेना,  अधिकृत क्याडेट पदको परीक्षाको प्रश्न पत्रमा समेत सहभागी गराएको छ ।

लोकसेवाको प्रश्नपत्र फेसबुकमा सेयर गर्दै उनले  लेखेकी छन  ‘लोकसेवाको प्रश्नमा एउटा उत्तर हुँदाको क्षण’ ।

प्रश्न पत्रमा कान्सको रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्रीको नाम के हो ? भनेर राखिएको छ । जसको उत्तरमा प्रियंका कार्की, करिश्मा मानन्धर, गौरी मल्ल र उनको नाम उल्लेख गरिएको छ  ।

No description available.

ताजा अपडेट

नेपालवाच विशेष