NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

खर्कमा ‘भुटानी ज्वाइँ’

पाँचथर । पाँच हजार मिटर उचाइमा पर्ने छुम्बाक फेदी । जहाँ किसानले ५० वटा निक्खर चौंरी (डी) भेला पारेका छन् । बगालका चौंरीलाई दुईवटा याक हरदम पछ्याइरहन्छन् । तर यो खर्कमा रैथाने याकलाई प्रवेश निषेध छ । चौंरीले संकेत नगरेसम्म यी दुई याक अगाडि बढ्दैनन् । जिस्क्याउन र पछ्याउन भने दुवैबीच प्रचितस्पर्धा चलिरहन्छन् ।

कुनै डीले शारीरिक सम्पर्क राख्ने संकेत गरे दुवैको स्वार्थ बाझ्छ । अनि बेस्मारी जुध्ध थाल्छन् । यसरी जुध्दा छुट्याउन मान्छेकै आवश्यकता पर्छ । नभ्याए हार्ने भाग्छ, जित्नेले पूर्ववत् तयार डीसँग यौनक्रिडा गर्छ ।

यत्तिका बथानसँग डुलिरहने याक नश्ल सुधारका लागि भुटानबाट ल्याइएका हुन् । रैथाने भाले लगाउँदा गोठका चौंरी फस्टाउन छाडेपछि यी याक तीन वर्षअघि भुटान सरकारले उपहार दिएको हो ।

भुटानबाट ल्याइएकाले यिनलाई ग्वालाहरूले ‘भुटानी ज्वाइँ’ नामाकरण गरिदिएका हुन् । ०७७ फागुमा ल्याइएका यी भाले याक वयस्क भएसँगै यहाँका चौंरीपालक किसानमा उत्साह छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।