नामिबियासँग नेपाल स्तब्ध
काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टूअन्तर्गत नामिबियासँग नेपाल पराजित भएको छ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको सोमबार सम्पन्न पहिलो खेलमा नेपाल ४० रनले नामिबियासँग स्तब्ध बनेको हो ।
नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो ।
नेपालका लागि आरिफ शेखले ५० रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै देव खनालले ३४, कुशल भुर्तेलले २७, करण केसी १९, आसिफ शेख १४ तथा आदिल आलम र सोमपाल कामीले समान १० रनको योगदान दिए ।
रोहित पौडेल र कप्तान सन्दीप लामिछाने एक रन पनि जोड्न नसकी आउट भए भने दीपेन्द्र सिंह ऐरीले ४ र बसिर अहमेदले ३ रनको मात्र योगदान दिन सके ।
यसक्रममा जान फ्राईलिन्च्क, बेर्नार्ड र डाभिड वेइसले समान २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २० रन जोडेको थियो ।
नामिबियाका लागि जान निकोल लोफ्टीले ६० रनको अर्धशतकीय इनिङ खेले भने डिभान ला ककले ४१, कप्तान गेर्हार्ड एरास्मुसले २२, क्रेग विलियम्सले २१, हान्ड्री र डाभिड वाइसले समान १८–१८ रनको योगदान दिए ।
नेपालका कप्तान सन्दीप लामिछानेले ४, सोमपाल कामीले २ तथा करण केसी, बसिर अहमद र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
हालसम्म नेपालले १७ खेल खेलेको छ । अंक तालिकाको छैटौं स्थानमा रहेको नेपालको कुल अंक १५ छ । नामिबिया भने १६ खेलमा १६ अंक जोडेर पाँचौं स्थानमा चढेको छ ।
अब नेपालले सिरिजअन्तर्गतको दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्नेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया