एमाले अध्यक्ष ओली र चिनियाँ विदेश विभाग प्रमुख लिउबीच बालकोटमा भेटवार्ता
काठमाडौं । चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
लिउ नेतृत्वको प्रतिनिधिमण्डल ओलीलाई भेट्न मंगलबार बिहान उनकै निवास बालकोट पुगेका छन् । अहिले दुई पक्षबीचको भेटवार्ता जारी रहेको ओलीका सचिवालयले जानकारी दिएका छन् ।
भेटवार्तामा दुई कम्युनिष्ट पार्टीबीचको आपसी सम्बन्ध र दुई देशबीचकाे हितको विषयमा छलफल जारी छ । त्यस्तै नेकपा विभाजनपछि पुनः वामपन्थी एकतालाई जोड दिँदै आएको चीनले आगामी संघीय निर्वाचमा वामपन्थी दलहरूलाई मिलेर जान सुझाव दिन सक्ने अनुमान गरिएको छ ।
आइतबार नेपाल आएका प्रमुख लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् ।
आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र झलनाथ खनालसँग भेट्ने कार्यक्रम छ । चार दिने भ्रमण सकेर बुधबार उनी स्वदेश फर्किदैछन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया