कोरियन भाषा परीक्षाको केन्द्र ताेकियाे
काठमाडौं । उत्पादनमूलक क्षेत्रको कोरियन भाषा परीक्षाको परीक्षा केन्द्र सार्वजनिक भएको छ ।
वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आगामी साउन २ देखि सञ्चालन हुने भाषा परीक्षाको केन्द्र सार्वजनिक गरेकाे हाे ।
शाखाका अनुसार, ललितपुर जिल्लाको भैंसेपाटीस्थित सिबिटी भवनलाई परीक्षा केन्द्र तोकिएको छ ।
बायोमेट्रिकको रजिस्ट्रर भने इपिएस कोरिया शाखा, ग्वार्कोको नजिकै रहेको म्युजिक हलमा हुनेछ । बायोमेट्रिक भेरिफाइ र अभिमुखीकरण तीन सिफ्टमा हुनेछ । बिहान ८ बजे, ९ः३० बजे र १२ः०० बजे पहिलाे, दाेस्राे र तेस्राे सिफ्टकाे बायोमेट्रिक भेरिफाइ र अभिमुखीकरण हुने शाखाले जनाएकाे छ ।
परीक्षाको निर्धारित समयभन्दा अगावै हलभित्र प्रवेश गरी अनुशासितपूर्वक सहभागी हुन शाखाले परीक्षार्थीलाई अनुरोध गरेको छ ।


ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया