कोरियन भाषा परीक्षाको केन्द्र ताेकियाे

काठमाडौं । उत्पादनमूलक क्षेत्रको कोरियन भाषा परीक्षाको परीक्षा केन्द्र सार्वजनिक भएको छ ।
वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आगामी साउन २ देखि सञ्चालन हुने भाषा परीक्षाको केन्द्र सार्वजनिक गरेकाे हाे ।
शाखाका अनुसार, ललितपुर जिल्लाको भैंसेपाटीस्थित सिबिटी भवनलाई परीक्षा केन्द्र तोकिएको छ ।
बायोमेट्रिकको रजिस्ट्रर भने इपिएस कोरिया शाखा, ग्वार्कोको नजिकै रहेको म्युजिक हलमा हुनेछ । बायोमेट्रिक भेरिफाइ र अभिमुखीकरण तीन सिफ्टमा हुनेछ । बिहान ८ बजे, ९ः३० बजे र १२ः०० बजे पहिलाे, दाेस्राे र तेस्राे सिफ्टकाे बायोमेट्रिक भेरिफाइ र अभिमुखीकरण हुने शाखाले जनाएकाे छ ।
परीक्षाको निर्धारित समयभन्दा अगावै हलभित्र प्रवेश गरी अनुशासितपूर्वक सहभागी हुन शाखाले परीक्षार्थीलाई अनुरोध गरेको छ ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया