बेलायतमा प्रधानमन्त्रीका लागि ११ उम्मेदवार

लन्डन । बेलायतमा सेप्टेम्बर ५ मा देशको नयाँ प्रधानमन्त्रीको नाम घोषणा हुनेछ । कन्जरभेटिभ पार्टीले देशको भावी प्रधानमन्त्री हुने गरी यही दिन पार्टीको नेताको निर्वाचन हुने जनाएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गत हप्ता कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका थिए । उनको नेतृत्वमा प्रश्न उठाउँदै उनको सरकारका केही वरिष्ठ मन्त्रीले राजीनामा दिएपछि संकटमा परेका जोनसनले पनि पार्टीको नेताबाट पछि हटेका हुन् । धेरै पार्टीका सांसदहरूले पनि जोनसनलाई समर्थन गर्न अस्वीकार गरेपछि उनले राजीनामा दिनुपर्यो ।
जुलाई ७ मा राजीनामाको घोषणा गर्दै बोरिसले नयाँ नेता नआएसम्म आफू प्रधानमन्त्रीको पदमा रहने बताएका थिए । बेलायतमा हालसम्म ११ जना उम्मेदवार प्रधानमन्त्रीको दौडमा छन् ।
जसमा अर्थमन्त्री पदबाट राजीनामा दिने ऋषि सुनक र स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिने साजिद जाविदको नाम समावेश छ ।
यसबाहेक अन्य पनि प्रधानमन्त्री पदका लागि उम्मेदवार बन्न सक्छन् । उम्मेदवारहरूसँग आफूले पाउनुपर्ने समर्थन जुटाउन मंगलबारसम्मको समय रहेको पार्टीले जनाएको छ ।
प्रत्येक उम्मेदवारलाई नेता पदको दाबीमा समावेश हुन कम्तीमा २० जना सांसदको समर्थन चाहिन्छ । त्यसपछि बुधबारदेखि पार्टीका सांसदहरूले अर्को चरणको निर्वाचनका लागि मतदान सुरु गर्नेछन् । सांसदको मतदानपछि जुलाई २१ गतेसम्म उम्मेदवारको संख्या दुईमा सीमित हुनेछ ।
त्यसपछि पार्टीका सदस्यहरूले मतदान गरेर नयाँ नेता चयन गर्नेछन् । सेप्टेम्बर ५ मा प्रधानमन्त्री बन्ने उम्मेदवारको घोषणा हुनेछ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया