हिमालयन हाइड्रोपावरको आइपिओ बाडफाँड, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आइपिओ गोलाप्रथाबाट १ लाख ८३ हजार ४६ जना लगानीकर्ताले पाएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
जसमा भाग्यमानी २ जनाले भने ११ कित्ता पाएका छन् । कम्पनीका अनुसार सो आइपिओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ७५८ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।
कम्पनीले असार १५ गतेदेखि कम्पनी आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको ६ लाख १८ हजार २५० कित्ता सहित कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमा ९८ हजार ४१३ कित्ता सामुहिक लगानी कोषको लागि र ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ताको सेयरका लागि सर्बसाधारणबाट आवेदन माग गरेको हो ।
।
लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, हिमालयन हाइड्रोपावरको वेवसाइटबाट पनि आइपिओ नतिजा हेर्न सकिने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया