गभर्नर प्रकरणमा घनश्यामको प्रष्टीकरण : सार्वजनिक पद धारण गरेका व्यक्ति पार्टी विभागमा रहँदैनन्

काठमाडौं । एमालेका अर्थ तथा योजना विभाग प्रमुख घनश्याम भुसालले पार्टी कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू नरहने स्पष्ट पारेका छन् ।
राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागमा आवद्धता रहेको विषय सार्वजनिक भएपछि अधिकारीको चौतर्फी आलोचना भएको छ । विवाद उत्पन्न भएपछि बुधबार सामाजिक सञ्जाल फेसबुकबाट विभागका प्रमुख भुसालले स्पष्टिकरण दिएका हुन् ।
पार्टीको विभागमा गर्भनर अधिकारी संलग्न रहेको विषयमा आफूसँग धेरैले चासो राखेको भन्दै उनले सार्वजनिक पद धारण गरेका व्यक्ति पार्टी कमिटी वा विभागमा राख्ने नीति र विधानमा नरहेको उल्लेख गरेका छन् ।
‘पहिलो त, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले ’कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफु नभएको’ स्पष्ट पारिसक्नुभएको छ’, भुसालले लेखेका छन्, ‘दोस्रो, हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहान्छु ।’
भुसाल प्रमुख रहेको विभागको सदस्यमा एम अधिकारी खोटाङ उल्लेख गरेको छ । कोडमा लेखिएको उक्त व्यक्ति गर्भनर अधिकारी हो वा होइन भन्ने विषयमा उनले प्रष्टिकरण दिएका हुन् । एमालेले पार्टीको पछिल्लो बैठकका निर्णय समेटेर असार २६ मा अपानी–४ सार्वजनिक गरेको थियो ।
ताजा अपडेट
-
बिहानको खाजामा चिया बिस्कुट खाँदा के हुन्छ ?
-
ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
प्रतिक्रिया