सुनको मूल्य लगातार ओरालो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । तीन दिनयता सुनको मल्य लगातार घट्ने क्रममा छ । मंगलबार २०० रुपैयाँले घटेको सुन बुधबार पनि प्रतितोला २०० रुपैयाँले नै घटेर ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ९४ हजार ५०० रुपैयाँ थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको हो ।
मंगलबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया