फेरि ६ जना बालबालिकामा हैजा संक्रमण देखियो

काठमाडौं । थप ६ जना बालबालिकालाई हैजा पुष्टि भएको छ । योसँगै काठमाडौंमा हैजा संक्रमितको संख्या २७ पुगेको छ । नयाँ संक्रमित हुनेमा ६ जना १४ वर्षमुनिका बालबालिका रहेको तथा त्यसमध्ये ३ जना ५ वर्षमुनिका शिशु रहेको छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म हैजा काठमाडौं महानगरपालिकामा ११, कागेश्वरी मनोहरामा ८, चन्द्रागिरीमा २, बुढानीलकण्ठमा १ र कीर्तिपुरमा १ जना देखिएका छन् ।
त्यस्तै, भक्तपुरका चाँगुनारायण नगरपालिकामा १, सूर्यविनायकमा १, ललितपुरमा २ जनामा हैजा पुष्टि भएको छ ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया