एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न
काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा एक्साइडका नेपालभरी रहेका सयभन्दा धेरै डिलरहरु, सिप्रदी ट्रेडिङ प्रालिका प्रतिनिधिहरु र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।
सो कार्यक्रममा डिलरहरुलाई स्वागत गर्दै कम्पनिका सिईओ राजन बाबु श्रेष्ठले नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहन तथा कम्पनी सफल हुनुको कारण वितरकले गरेको माया र विश्वास भएको बताए ।
देशकै नम्बर एक ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाँग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा संचालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया