NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कोभिड नियन्त्रणमा साढे ९२ अर्ब खर्च तर छैन ६० अर्बको हिसाब

काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा राज्यकोष र वैदेशिक सहायता गरेर साढे ९२ अर्ब खर्च भएको सरकारी तथ्यांक छ । तर झण्डै ६० अर्बको हिसाब नै छैन । यसमा महालेखा परीक्षकको कार्यालयले गम्भीर प्रश्न उठाएको छ ।

महालेखाले कोभिड रोकथाम, उपचार र नियन्त्रणमा भएको खर्चको विशेष लेखापरीक्षण गरेको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उक्त लेखापरीक्षणको प्रतिवेदन बुझाइएको छ । जसमा कोभिड व्यवस्थापनबारे गरिएको खर्चमाथि प्रश्नैप्रश्न उठाइएका छन् ।

प्रतिवेदनअनुसार ती दुई वर्षमा कोभिड नियन्त्रणका लागि तीन तहका सरकारबाट ३२ अर्ब ६ क्रँेड १८ लाख र वैदेशिक सहायतामा प्राप्त ५९ अर्ब ८९ करोड खर्च गरिएको छ । तर वैदेशिक सहायता खर्च गरिएको हिसाब नै छैन भने सरकारी ढुकुटीबाट गरिएको खर्च पनि पारदर्शी छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।