बूढीगण्डकीमा सरकारी जग्गाको पनि मुआब्जा
काठमाडौं । सरकारले आफैं बनाउने निर्णय गरेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा अनियमितता भएको पाइएको छ । यसक्रममा सरकारी ऐलानी जग्गाको समेत मुआब्जा बाँडिएको भेटिएको छ ।
०७४ जेठ ९ को मन्त्रिपरिषद् निर्णयबाट ऐलानी, पर्ती र सरकारी जग्गा भोगचलन गरिरहेका व्यक्तिको रैकर जग्गासँगै सरकारी ऐलानी र पर्ती जग्गा घुसाइ भोगचलन गरिरहेका हकमा समेत मुआब्जा दिइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
सरकारी जग्गा अनधिकृत रूपमा प्रयोग गर्नेलाई कारबाही गर्नुको साटो मुआब्जा वितरण गरिनु कानूनसम्मत नरहेको जनाइएको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजनाको वातारण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाईले मुआब्जा वितरण गरिरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया