एआइजी विश्वराजले मागे थप पाँच दिन बिदा

काठमाडौं । प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) विश्वराज पोखरेलले थप पाँच दिन बिदा माग गरेका छन् । प्रहरी महानिरिक्षक(आइजीपी) पदका लागि सरकारले वरियताक्रम मिच्दै धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
आफू भन्दा कनिष्ठलाई आइजीपी बनाएको भन्दै पोखरेल असन्तुष्ट छन् ।उक्त नियुक्तबाट असन्तुष्ट हुँदै सरकारविरुद्ध मुद्दा दायर गरेका पोखरेल सोही दिनबाट दश दिनका लागि घरबिदा स्वीकृत गराएर बसेका थिए । हाल आफ्नो मुद्दाको किनारा नलागेसम्म काममा फर्किन असमर्थ हुने भन्दै उनले थप पाँच दिन बिदाका लागि पत्राचार गरेका हुन् ।
सुरुमा ३० दिने विदा स्वीकृत गराएका उनले त्यसपछि दश दिने बिदा स्वीकृत गराएका थिए । सो बिदा सकिएसँगै उनले थप पाँच दिन बिदाका लागि निवेदन दिएका हुन् ।
आइजिपी नियुक्तिप्रति उनीसँगै असन्तुष्टि जनाएका अर्का एआइजी सहकुल थापा भने काममा फर्किइसकेको छन् । उनले पनि अदालत जाने तयारी गरेका थिए ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया