एआइजी विश्वराजले मागे थप पाँच दिन बिदा
काठमाडौं । प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) विश्वराज पोखरेलले थप पाँच दिन बिदा माग गरेका छन् । प्रहरी महानिरिक्षक(आइजीपी) पदका लागि सरकारले वरियताक्रम मिच्दै धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
आफू भन्दा कनिष्ठलाई आइजीपी बनाएको भन्दै पोखरेल असन्तुष्ट छन् ।उक्त नियुक्तबाट असन्तुष्ट हुँदै सरकारविरुद्ध मुद्दा दायर गरेका पोखरेल सोही दिनबाट दश दिनका लागि घरबिदा स्वीकृत गराएर बसेका थिए । हाल आफ्नो मुद्दाको किनारा नलागेसम्म काममा फर्किन असमर्थ हुने भन्दै उनले थप पाँच दिन बिदाका लागि पत्राचार गरेका हुन् ।
सुरुमा ३० दिने विदा स्वीकृत गराएका उनले त्यसपछि दश दिने बिदा स्वीकृत गराएका थिए । सो बिदा सकिएसँगै उनले थप पाँच दिन बिदाका लागि निवेदन दिएका हुन् ।
आइजिपी नियुक्तिप्रति उनीसँगै असन्तुष्टि जनाएका अर्का एआइजी सहकुल थापा भने काममा फर्किइसकेको छन् । उनले पनि अदालत जाने तयारी गरेका थिए ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया