५० अर्ब खर्च भएका विमानस्थलमा जहाज उड्दैनन्, छैन व्यावसायिक योजना
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५० अर्बभन्दा बढी लगानी गरेर निर्माण गरेका १९ विमानस्थल हाल सञ्चालनमा छैनन् । प्राधिकरणले कालोपत्रे सर्फेस भएका ३, ग्राभे सर्फेस भएका ४, माटे सर्फेस भएका १२ समेत १९ विमानस्थल निर्माणका लागि ५० अर्ब १९ करोड १७ लाख रुपैयाँ लगानी गरेको महालेखापरीक्षकले उल्लेख गरेका छ ।
महालेखाको ५९ औं वार्षिक प्रतिवेदनमा जनाइएअनुसार ती सबै विमानस्थलमा हवाई यातायत सञ्चालन भएका छैनन् ।
यीमध्ये धवानमार्ग कालोपत्रे भएका बाह्रै महिना सञ्चालनमा ल्याउन सकिने बाग्लुङ, मनाङ, इलामको सुकिलुम्बा र टीकापुर विमानस्थल पनि सञ्चालनमा आउन सकेका छैनन् ।
निर्माणपछि सञ्चालनमा ल्याउन नसक्नुमात्रै होइन, प्राधिकरणसँग यी विमानस्थलको परिचानका लागि कुनै व्यावसायिक योजना नभएको महालेखाले औंल्याएको छ ।
विमानस्थल निर्माण गर्दा राज्यले गरेको लगानीको प्रतिफल प्राप्त गर्ने र उक्त क्षेत्रका यात्रुहरूलाई हवाईं यातायातको सुविधाको प्रबन्ध गर्नेतिर ध्यान दिन प्राधिकरणलाई महालेखाको सुझाव छ ।
प्राधिकरणले ध्यान नदिँदा सञ्चालनमा नआएका विमानस्थलमा कतै घर बने, कतै धावनमार्गबाटै बाटो
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया