NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

१६ घण्टा उड्नुपर्ने निगमका जहाज ९ घण्टामात्रै उड्छन्

काठमाडौं । नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय तर्फका दुई जहाज उडान क्षमताभन्दा कम उड्दा व्यवसायिक घाटा भएको महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ ।

दुईवटा वाइडबडी जहाजको दैनिक उडान क्षमता १६ घण्टा हो । तर, ती जहाजहरू हाल ९ घण्टामात्रै सञ्चालनमा छन् । उक्त जहाज खरिद गर्नु पहिला निगमले पेस गरेको व्यवसायिक योजनामा जापान, साउदी अरेबिया, चीनको ग्वाङनाउ र दक्षिण कोरियामा उडान गरी सक्ने लक्ष्य लिइएको थियो । तर, उक्त व्यवसायिक योजना पेस गरेको ६ वर्ष बित्न लाग्दा पनि यो लक्ष्य पूरा हुन सकेको छैन ।

अर्कोतिर लक्ष्य पूरा नहुने र जहाज क्षमताअनुसार नउड्दा अपेक्षित आय प्राप्त हुन नसकेको महालेखाले औंल्याएको छ । जसकारण नेपाल सरकार जमानी बसी कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषबाट लिएको ऋणको सावाँ ब्याजको किस्ता पनि निगमले भुक्तानी गर्न सकेको छैन ।

विमान पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निगमलाई महालेखाको सुझाव छ ।

निगमले उक्त वाइडबडी जहाज खरिदका लागि नागरिक लगानी कोषबाट १२ अर्बको ऋण लिएको छ । निगमले कोषलाई २०७५ देखि किस्ता बुझाएको छैन ।

५० अर्ब खर्च भएका विमानस्थलमा जहाज उड्दैनन्, छैन व्यावसायिक योजना

प्राधिकरणले ध्यान नदिँदा सञ्चालनमा नआएका विमानस्थलमा कतै घर बने, कतै धावनमार्गबाटै बाटो