भाजपाको निम्तोमा आज भारत भ्रमणमा निस्किँदै प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदैछन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी उनी त्यसतर्फ जान लागेका हुन् ।
दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका थिए । जुलाईको दोस्रो सातापछि भ्रमण गर्न सक्ने प्रचण्डको जवाफपछि भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले उनलाई औपचारिक भ्रमणको निम्तो दिएका थिए । त्यसैअनुरूप तीनदिने भ्रमणका लागि प्रचण्ड शुक्रबार भारत जान लागेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
बिहीबार साँझ बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले पनि प्रचण्डको भारत भ्रमणलाई स्वीकृत गरेको छ ।
बैठकले प्रचण्डको भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ पार्न भूमिका खेल्ने निष्कर्ष निकालको मल्लले जानकारी दिए ।
प्रचण्ड भ्रमण सकाएर आगामी साउन १ गते स्वदेश फर्किनेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया