प्रधानमन्त्रीपत्नी र मेरो भ्रमणको उद्देश्य फरक हो : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी त्यसतर्फ गएका हुन् ।
भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले आफू चीन र भारतलगायत सबै देशसँग राम्रो सम्बन्धको पक्षमा रहेको बताए ।
यतिबेला प्रधानमन्त्रीपत्नी आरजु राणाको समेत भारत भ्रमण चलिरहेको छ । यस्तो बेला गठबन्धनकै अर्का नेता प्रचण्डको भ्रमण आकस्मिक रुपमा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रचण्डले भने यसलाई संयोगमात्र भएको बताए । आफ्नो भ्रमण सद्भाव र राजनीतिक उद्देश्यले भएको तर प्रधानमन्त्री पत्नी आरजुको भ्रमण अर्कै कारण भएको प्रचण्डले स्पष्ट पारे ।
‘उहाँ (आरजु)को र मेरो भ्रमणको उद्देश्य फरक छ । सायद उहाँ स्वास्थ्य उपचारलाई जानुभएको होला । दिल्लीमा उहाँसँग भेट हुनसक्छ,’ उनले भने ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया