छोरालाई छुट्याउन जाँदा कुटपिटबाट महिलाको मृत्यु
राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८स्थित कटीमा आज एक महिलाको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा कटी निवासी ५५ वर्षीया जीरादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
सोही ठाउँका राजेश शर्मा र गनेश शर्माले जीरादेवीलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो ।
स्थानीय मनोज मण्डल साइकलमा खाद्यान्न लिएर आफ्नो घरतर्फ आउँदै गरेको अवस्थामा राजेश र गनेशको आफन्त पर्ने एक बालकलाई साइकलले ठक्कर दिएको भन्दै विवाद भएको थियो ।
सोही विवादको क्रममा राजेश र गनेशसहित गाउँका अन्य व्यक्तिले मनोजलाई कुटपिट गर्न थालेपछि आफ्नो छोरालाई बचाउने क्रममा उनीहरुको कुटपिटबाट जीरादेवीको मृत्यु भएको बुहारी अमरीदेवी मण्डलले जनाकारी दिए ।
मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ । कुटपिटमा सम्लग्न व्यक्ति फरार भएका र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया