उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल विजयी
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा सत्तागठबन्धनबाट कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल विजयी भएकी छिन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भएकाे निर्वाचनबाट निर्वाचित भएकी भुसालले १४८ मत ल्याइन् ।
उपस्थित सांसद २४२ रहेकाेमा भुसाल १४८ मत ल्याएर विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी विद्या भट्टराईले ९३ मत पाइन् । तटस्थमा १ मत परेको छ । साढे दुई वर्षपछि प्रतिनिधिसभाले नयाँ उपसभामुख पाएको हो ।
नवनिर्वाचित उपसभामुख भुसालले यसअघि एमालेकी उम्मेदवार डा. शिवमाया तुम्बाहाङफेसँग पराजित भएकी थिइन् । तुम्बाहाङफे २०१ र भुसालकाे ५८ मत आएको थियाे ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया