काठमाडौं महानगरपालिकाले अब कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै दिनमा उठाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै दिनमा संकलन गर्ने भएको छ । वातावरण तथा कृषि विभागले फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै कुहिने फोहोर आइतबार र बुधबार तथा नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन हुने जनाएको छ ।
महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ । यस्तै नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरको बिक्री गर्न पनि नगरबासीलाई आग्रह गरेको छ । यस्तै प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोगमा जोड दिन आग्रह गरिएको छ ।
फोहोरलाई स्रोतमा नछुट्याउने उत्पादकलाई प्रत्येकपटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ । विं. सं. २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम कारबाही गरिने पनि विभागको भनाइ छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया