NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ५ गते

काठमाडौं महानगरपालिकाले अब कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै दिनमा उठाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै दिनमा संकलन गर्ने भएको छ । वातावरण तथा कृषि विभागले फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै कुहिने फोहोर आइतबार र बुधबार तथा नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन हुने जनाएको छ ।

महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ । यस्तै नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरको बिक्री गर्न पनि नगरबासीलाई आग्रह गरेको छ । यस्तै प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोगमा जोड दिन आग्रह गरिएको छ ।

फोहोरलाई स्रोतमा नछुट्याउने उत्पादकलाई प्रत्येकपटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ । विं. सं. २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम कारबाही गरिने पनि विभागको भनाइ छ ।