NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

विद्युत प्राधिकरणका कर्मचारीले कुटे पत्रकार

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गरेका छन् । कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर भोज गरेको भन्ने सूचनाका आधारमा समाचार सम्प्रेषण गर्न गएका आचार्यमाथि कुटपिट भएको हो ।

सो क्रममा आचार्यको शरिरमा घाउचोट लागेको छ भने कपडा च्यातिएको छ । कुटपिट भएपछि उनी भागेर बाँचेको बताइएको छ । उनको साथमा रहेका दुई मोबाइल विद्युत्का कर्मचारीले खोसेर राखेका छन् । जिल्ला प्रहरी कार्यालयले एक जनालाई शुक्रबार राति पक्राउ गरेको छ ।

प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले आज दोषी कर्मचारीलाई प्रहरी कार्यालयमा हाजिर गराउने सर्तमा कार्यालय प्रमुख राजिव सिंहले कागज गरेको जानकारी दिए ।

आचार्य स्थानीय नारायणी अनलाइन र ‘सञ्चारपत्र’ दैनिकका प्रकाशक र राष्टिय समाचार समितिका चितवनका समाचारदातासमेत हुन् । घटनाको नेपाल पत्रकार महासङ्घ चितवनसहित पत्रकारसँग सम्बन्धित सङ्घ संस्थाले निन्दा गरेका छन् ।