नागरिकलाई सूचना र शिक्षा दिने दायित्वमा प्रभावकारीरूपमा लागोस् : प्रधानमन्त्री देउवा

काठमाडाै । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा राष्ट्रिय समाचार समिति अझ प्रमावकारीरूपमा अघि बढ्न सकोस् बताएका छन्।
राससले आजदेखि सुरुआत गर्न लागेको श्रव्य दृश्य भिडियोसेवाबारे दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘नागरिकलाई सूचना दिनु भनेको उनीहरूको मौलिक हकको सम्मान गर्नु हो । सरकारको यो मान्यतालाई राससले ध्यानमा राखोस् र नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा अझ प्रभावकारीरूपमा अघि बढ्न सकोस् ।’
नेपालका आमसञ्चारमाध्यमहरूलाई समाचार प्रदान गर्दै आएको सेवा प्रदायक समाचार संस्था राससले आफ्नो स्थापनाको ६१औँ वर्षमा श्रव्य दृश्य भिडियो सेवा पनि सुरु गर्न लागेकामा प्रधानमन्त्री देउवाले खुसी व्यक्त गरे ।
सूचना प्रविधिको द्रूतगतिमा विकास भइरहेको वर्तमान विश्वमा राससले पनि आफ्ना माध्यमहरूलाई परिमार्जन गर्दै जानु आवश्यक रहेको प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा व्यक्त गरेका छन् । उनले सूचना र प्रविधिको विकाससँगै सोहीअनुरुप जनतालाई सही र तथ्यपरक समाचार पस्कने दायित्व राससको भएको पनि स्मरण गराएका छन् ।
नेपालका सञ्चारमाध्यमहरूलाई स्वदेशी र विदेशी समाचारहरू उपलब्ध गराउँदै आएको राससले भिडियो सेवामार्फत आफ्ना सेवामा विविधिकरण ल्याउन सक्ने उनले अपेक्षा गरेका छन् । प्रधानमन्त्री देउवाले राससले सुरु गर्न लागेको श्रव्य दृश्य ९भिडियो० सेवाको सफलताको कामना पनि गरेका छन् ।
ताजा अपडेट
-
पूर्वराजाका संवाद सचिव पाठक पक्राउ
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
प्रतिक्रिया