मोदीले प्रचण्डलाई भेट दिएनन्

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट नदिने भएका छन् ।
यसअघि शुक्रबार तीनदिने भारत भ्रमणमा निस्किएका प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम रहेको बताएका थिए । तर, अन्तिममा आएर मोदीले प्रचण्डलाई भेट नदिएको बताइएको छ ।
प्रचण्ड मोदीलाई नभेटी आजै स्वदेश फर्किने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ ।
भ्रमणको अन्तिम दिन आज प्रचण्डले अध्यक्ष जेपी नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया