सुनको मूल्य ४०० रूपैयाँले उकालो
काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।
आइतबार सुनको मूल्य ९३ हजार ६०० रुपैयाँ निर्धारण गरिएको थियो । त्यस्तै सोमबार तेजावी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम थियो ।
आइतबार ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया