NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

एशियन शारीरिक सुगठनमा नेपालले जित्यो कास्य

काठमाडौं । नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४औँ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्अन्तर्गत स्पाइडर म्यान प्रदर्शन तथा फिजिकतर्फ कास्यपदक जितेका छन् ।

राजुले १७० सेमीसम्मको समूहमा कास्यपदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेश सङ्घका उपाध्यक्ष एवं टिम व्यवस्थापक दिनेश राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विधामा विभिन्न २४ राष्ट्र सहभागी थिए ।

त्यस्तै सोही प्रतियोगिताका दौरान शारीरिक सुगठन खेलको विकासमा ठोस योगदान पु¥याएबापत विश्व शारीरिक सुगठन तथा फिजिकल फिटनेश महासङ्घले नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई ‘डिस्ङिग्वीस्ड अवार्ड’ले सम्मान गरेको उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए ।

प्रतियोगतामा राजुसहित सुजिता मानन्धर र उमेश राईले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । सुजिताले आफ्नो फिजिकअन्तर्गतको विधामा प्रतिस्पर्धा गर्दैछिन् । यस्तै उमेशले भने बुधबार प्रतिस्पर्धा गर्दैछन् । नेपालले आगामी सन् २०२३ मा ५५औँ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्नेछ ।

 

ताजा अपडेट

नेपालवाच विशेष