एशियन शारीरिक सुगठनमा नेपालले जित्यो कास्य
काठमाडौं । नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४औँ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्अन्तर्गत स्पाइडर म्यान प्रदर्शन तथा फिजिकतर्फ कास्यपदक जितेका छन् ।
राजुले १७० सेमीसम्मको समूहमा कास्यपदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेश सङ्घका उपाध्यक्ष एवं टिम व्यवस्थापक दिनेश राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विधामा विभिन्न २४ राष्ट्र सहभागी थिए ।
त्यस्तै सोही प्रतियोगिताका दौरान शारीरिक सुगठन खेलको विकासमा ठोस योगदान पु¥याएबापत विश्व शारीरिक सुगठन तथा फिजिकल फिटनेश महासङ्घले नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई ‘डिस्ङिग्वीस्ड अवार्ड’ले सम्मान गरेको उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए ।
प्रतियोगतामा राजुसहित सुजिता मानन्धर र उमेश राईले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । सुजिताले आफ्नो फिजिकअन्तर्गतको विधामा प्रतिस्पर्धा गर्दैछिन् । यस्तै उमेशले भने बुधबार प्रतिस्पर्धा गर्दैछन् । नेपालले आगामी सन् २०२३ मा ५५औँ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया