संसदवादीहरू राणा शासनजस्तो रोलक्रम लगाएर मन्त्री फेरिरहेका छन् : विप्लव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदवादी पार्टीका नेताहरू देशको नेतृत्व गर्न असफल बनेको टिप्पणी गरेका छन् ।
पार्टीको जनपत्रिका अनलाइन उद्घाटन गर्दै उनले वर्तमान नेताहरूकै कारण देशमा राजनीतिक अस्थिरता गहिरिएको आरोप लगाए ।
विप्लवले संसदवादी पार्टीका नेताहरू जनताको काम गर्न नभएर खान र कुम्ल्याउन मात्रै मन्त्री बन्ने गरेको भन्दै कटाक्ष गरे ।
राणा शासनमा जस्तै रोलक्रम लगाएर मन्त्री बन्ने भद्दा खेल भइरहेको उनको भनाइ थियो ।
‘तीन–तीन महिनामा मन्त्री फेरेर देशको अर्थतन्त्र तहसनहस पार्ने खेल भइरहको छ । राणा शासनमा जस्तै रोलक्रम लगाएर मन्त्री बन्ने भद्दा खेल चलिरहेको छ,’ उनले भने, ‘खाने कुम्ल्याउने, जनताप्रति कुनै पनि उत्तरदायित्व छैन । यतिको भद्दा मजाक इतिहासमा कहिल्यै थिएन ।’
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया