एकैदिन थपिए ४५७ जना कोरोना संक्रमित, एकको मृत्यु
काठमाडौं । नेपालभर गत २४ घण्टामा थप ४५७ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पिसीआर विधिबाट ३८६ जना र एन्टीजेनबाट ७१ जनामा कोरोना कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
त्यस्तै देशभर गत २४ घण्टामा ४८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख ३८ हजार ६४ पुगेको छ ।
मन्त्रालयका अनुसार आइतबार एक जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ ।
हाल देशभर १ हजार ७७३ जना सक्रिय संक्रमित रहेका छन भने ९८ हजार ९०० जनाले कोरोनाविरुद्ध खोप लगाएको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया