NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

एकैदिन थपिए ४५७ जना कोरोना संक्रमित, एकको मृत्यु

काठमाडौं । नेपालभर गत २४ घण्टामा थप ४५७ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पिसीआर विधिबाट ३८६ जना र एन्टीजेनबाट ७१ जनामा कोरोना कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

त्यस्तै देशभर गत २४ घण्टामा ४८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख ३८ हजार ६४ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबार एक जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ ।

हाल देशभर १ हजार ७७३ जना सक्रिय संक्रमित रहेका छन भने ९८ हजार ९०० जनाले कोरोनाविरुद्ध खोप लगाएको मन्त्रालयले जनाएको छ ।