लामो समय पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर पूजा
पश्चिम नवलपरासी । लामो समयसम्म पानी नपरेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुलाई बाँधेर इन्द्रको पूजा गरेका छन् ।
पानी नपरेर खडेरी परेपछि त्यहाँका किसानले क्षमापूजासहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गर्ने मान्यता अनुसार सो विधि अपनाएका हुन् ।

त्यहाँका स्थानीय बासिन्दाका अनुसार मन्दिरमा जनप्रतिनिधिलाई लगेर बाँधेर पूजा गर्ने र पानी छ्याप्ने गरेका छन् । धार्मिक मान्यताअनुसार नै यो पूजा गरिएको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया