दक्षिण अफ्रिकाविरुद्धको खेल नै अन्तिम बनाउँदै स्टोक्स
काठमाडौं । इंग्ल्याण्डलाई सन् २०१९ मा विश्वकप जिताउन महत्वपूर्ण योगदान गरेका अलराउण्डर बेन स्टोक्सले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । भर्खर ३१ वर्षमात्र पुगेका स्टोक्सले लिएको सन्यासलाई अप्रत्यासित मानिएको छ ।
स्टोक्सले एकदिवसीय अन्तराष्ट्रियबाट सन्यास घोषणा गरेको पुष्टि इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले आइतबार गरेको हो ।
स्टोक्सले मंगलबार अन्तिम एकदिवसीय खेल्दैछन् । घरेलु मैदानमा हुने दक्षिण अफ्रिकाविरुद्धको सो खेलपछि उनले सन्यास लिनेछन् ।
स्टोक्सको निर्णायक प्रदर्शनले २०१९ मा घरेलु मैदानमा पहिलो र एकमात्र एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । इंग्ल्याण्डले फाइनलमा न्युजिल्याण्डलाई हराएको थियो । जुन देशमा स्टोक्स जन्मिएका थिए ।
स्टोक्सले १०४ एकदिवसीय खेलमा ३ शतक र २१ अर्धशतकसहित २ हजार ९१९ रन बनाएका छन् । साथै उनले ७४ विकेट पनि लिएका छन् ।
नेपालीलाई ‘खराब समर्थक’ भनेका अमेरिकी क्रिकेटर अलीलाई सन्दीपले दिए जवाफ
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया