छापामा आज : कान्तिपुरको प्राथमिकतामा परेन कांग्रेसको निर्णय
काठमाडौं । देशको राजधानी काठमाडौंबाट प्रकाशित हुने अधिकांश राष्ट्रिय दैनिकले आज कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयलाई प्राथमिकता दिएका छन् ।
नागरिक दैनिकले ‘आगामी निर्वाचनमा पनि तालमेल गर्ने’ शीर्षक राखेर कांग्रेको निर्णयलाई पहिलो पृष्ठको प्रमुख समाचार बनाएको छ ।
यस्तै, नयाँ पत्रिका दैनिकले पनि यसै समाचारलाई प्राथमिकता दिएको छ । कांग्रेसको निर्णयले चुनावमा पाँचदलीय गठबन्धन निश्चित, तर, सिट बाँडफाँड जटिल’ शीर्षकमा प्रमुख समाचार बनाएको छ ।
तर, कान्तिपुर दैनिकले भने कांग्रेसको समाचारलाई पहिलो पृष्ठमा ठाउँसम्म दिएको छैन ।

कान्तिपुरले कांग्रेसको समाचारलाई पाँचौ पृष्ठमा लगेर खुम्च्याएको छ ।
बरु उसले सिसिटिभी प्रकरणलाई फलोअप गरेको छ । ‘दबाबसामु अर्थका अधिकारीको समर्पण’ शीर्षकमा प्रमुख खबर छापेको छ ।
यस्तै, अन्नपूर्ण पोस्टले पनि कांग्रेसको समाचारलाई पहिलाे प्राथमिकता दिएको छैन । उसले ‘परेन पानी धान खेतमा धाँजै–धाँजा’ शीर्षकमा रुपन्देहीका एक किसानको ब्यानर तस्बिर राखेको छ ।
अन्नपूर्ण पोस्टले कांग्रेसको समाचारलाई दोस्रो प्राथमिकतामा राखेको छ ।
केन्द्रीय समितिको बैठक सकिएपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा के छ ? (पूर्णपाठ)
गगनलाई कांग्रेसमा महत्वपूर्ण जिम्मेवारी, अरु कसले के–के पाए ?
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया