छापामा आज : कान्तिपुरको प्राथमिकतामा परेन कांग्रेसको निर्णय
काठमाडौं । देशको राजधानी काठमाडौंबाट प्रकाशित हुने अधिकांश राष्ट्रिय दैनिकले आज कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयलाई प्राथमिकता दिएका छन् ।
नागरिक दैनिकले ‘आगामी निर्वाचनमा पनि तालमेल गर्ने’ शीर्षक राखेर कांग्रेको निर्णयलाई पहिलो पृष्ठको प्रमुख समाचार बनाएको छ ।
यस्तै, नयाँ पत्रिका दैनिकले पनि यसै समाचारलाई प्राथमिकता दिएको छ । कांग्रेसको निर्णयले चुनावमा पाँचदलीय गठबन्धन निश्चित, तर, सिट बाँडफाँड जटिल’ शीर्षकमा प्रमुख समाचार बनाएको छ ।
तर, कान्तिपुर दैनिकले भने कांग्रेसको समाचारलाई पहिलो पृष्ठमा ठाउँसम्म दिएको छैन ।

कान्तिपुरले कांग्रेसको समाचारलाई पाँचौ पृष्ठमा लगेर खुम्च्याएको छ ।
बरु उसले सिसिटिभी प्रकरणलाई फलोअप गरेको छ । ‘दबाबसामु अर्थका अधिकारीको समर्पण’ शीर्षकमा प्रमुख खबर छापेको छ ।
यस्तै, अन्नपूर्ण पोस्टले पनि कांग्रेसको समाचारलाई पहिलाे प्राथमिकता दिएको छैन । उसले ‘परेन पानी धान खेतमा धाँजै–धाँजा’ शीर्षकमा रुपन्देहीका एक किसानको ब्यानर तस्बिर राखेको छ ।
अन्नपूर्ण पोस्टले कांग्रेसको समाचारलाई दोस्रो प्राथमिकतामा राखेको छ ।
केन्द्रीय समितिको बैठक सकिएपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा के छ ? (पूर्णपाठ)
गगनलाई कांग्रेसमा महत्वपूर्ण जिम्मेवारी, अरु कसले के–के पाए ?
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया