इरान भ्रमणमा पुटिन
तेहरान । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान शिखर वार्ताका लागि आज तेहरान पुगेका छन् ।
यसलाई महत्वपूर्ण भ्रमणका रुपमा लिइएको छ । तेहरानमा उनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग सिरिया शान्ति शिखर सम्मेलनमा भाग लिनेछन् । युक्रेनमा भएको आक्रमणपछि राष्ट्रपति पुटिनको यो दोस्रो विदेश भ्रमण हो, जसले रुस र इरानबीच बढ्दो कूटनीतिक सम्बन्धलाई झल्काउँछ ।
इरान र रुस दुवैले पश्चिमी प्रतिबन्धको सामना गरिरहेका छन् । बेलायतमा रहेका इरानी पत्रकार मेहदी अली याजदानीका अनुसार पुटिनको भ्रमणको एउटा महत्वपूर्ण एजेण्डा इरानबाट सशस्त्र ड्रोन खरिद गर्नु पनि हो ।
सायद यही कारणले सोमबार अमेरिकाले तेहरानले रुसलाई सयौं ड्रोन पठाउने तयारी गरिरहेको दाबी गरेको थियो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया