प्रेस युनियनको अध्यक्षको उम्मेदवारमा संस्थापनबाट बिन्दु, पूर्वसंस्थापनबाट को ?

काठमाडौं । ९ वर्षपछि हुन लागेको ८ औं महाधिवेशनमा प्रेस युनियनमा अध्यक्षका लागि संस्थापनबाट अनिता बिन्दुको नाम टुंगो लागेको छ । संस्थापनका दाबेदारबीच बिन्दु अध्यक्षमा उठ्ने टुंगो लागेको हो ।
अध्यक्षमा बिन्दु, सरोजराज अधिकारी र इश्वरी ओझा मुख्य दाबेदार थिए । तर संस्थापनबीच नेपाल टेलिभिजनमा कार्यरत पत्रकार बिन्दुलाई अध्यक्षको उम्मेदवार बनाउने सहमति भएको हो । साथै बिन्दु नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्षसमेत हुन् ।
संस्थापनबाट अध्यक्षमा दाबेदारी गरेका सरोज अधिकारी अब बरिष्ठ उपाध्यक्षमा उठ्ने भएका छन् । महासचिवमा भीष्मराज ओझा उठ्ने मोटामोटी सहमति बनेको छ ।
पूर्व संस्थापनबाट को ?
पूर्व संस्थापनबाट भने अध्यक्षको उम्मेदवार टुंगो लागिसकेको छैन । पूर्व संस्थापनबाट अध्यक्षमा शिव लम्साल र दीपक आचार्य मुख्य दाबेदार छन् । लम्साल यस अघि अध्यक्षमा बद्रि सिग्देलसँग पराजित भएका थिए ।
पूर्व संस्थापनमा महासचिवमा चर्चित पत्रकार नै मुख्य दाबेदार छन् । खिला कार्की, नकुल अर्याल, रमेश वाग्ले र दिलीप पौडेल महासचिवका मुख्य दाबेदार छन् ।
यही साउन ६ र ७ मा हेटौंडामा प्रेस युनियनको महाधिवेशन हुँदैछ । युनियन कांग्रेसकाे शुभेच्छुक संस्था हाे ।
उपत्यका तथा प्रतिष्ठान तर्फबाट केन्द्रीय उपाध्यक्षमा जीवन भण्डारीले उम्मेदवारी दिने भएका छन् ।
ताजा अपडेट
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
प्रतिक्रिया