बालेनले दिए दुई मिडियाविरुद्ध प्रेस काउन्सिलमा उजुरी
काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै नेपाल समाचारपत्र र हिमालय टिभीविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/८० मा काठमाडौं महानगरपालिकाले अमुक संस्थालाई बजेट विनियोजन गर्न लागेको भन्ने तथ्यहीन समाचार प्रकाशन गरेकोप्रति महानगरको ध्यानाकर्षण भएको बताएका छन् ।
उनले विज्ञप्ति सार्वजनिक गर्दै लेखेका छन्, ‘पुर्वाग्रहपूर्ण प्रतिपक्ष र भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न सक्दैन । लोकतन्त्र र कानुनको पालना सबैले गर्नु पर्छ । यसैले केहि पहिले आएका भ्रामक समाचारहरुका लागि कानुन बमोजिम कारबाहीको गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छौँ ।’


ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया