गंगालालमा रोकियो मुटुको शल्यक्रिया
काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ । अत्यावश्यक अक्सिजेनेटर सकिए पनि अस्पतालले बेलैमा प्रबन्ध नगर्दा मंगलबार एकै दिन ४५ जना बिरामीलाई बेडबाट निकालेर घर पठाइएको छ ।
मुटुको शल्यक्रिया गर्दा मुटु र फोक्सोको काम कृत्रिम रूपमा सञ्चालन गर्नुपर्छ । यसका लागि अक्सिनेटरले सहयोग गर्छ । यसले रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम गर्छ । यो उपकरण एकपटकमा एक जना बिरामीलाई मात्र प्रयोग गर्न सकिन्छ । यसको मूल्य ४०–५० हजारसम्म पर्छ, जसको भुक्तानी बिरामी स्वयंले गर्नुपर्छ ।
उपकरण सकिन थालेको जान्दा जान्दै पनि अस्पताल व्यवस्थापनले एक महिनाअघि मात्रै खरिद प्रक्रिया सुरु गरेको थियो । हस्पिटेक इन्टरप्राइजेजमार्फत इटालीको सोरिन कम्पनीबाट एक हजार ५४६ वटा ल्याउने सम्झौता भए पनि त्यो कहिले आउने हो, निश्चित छैन ।
अस्पतालले २०७६÷७७ र ०७७÷७८ मा कोभिड महामारीका कारण शल्यक्रिया गराउने संख्यामा उल्लेख्य कमी आएको भन्दै अक्सिजेनेटर खरिदमा चासो दिएको थिएन । गंगालालमा दैनिक ७ देखि ८ शल्यक्रिया हुन्छ, आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया