पर्दापछाडि वाम गठबन्धनको प्रयास
काठमाडौं । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपस्थित हुन संयोग मात्र थिएन । उनीहरूको त्यो सहभागिता पर्दापछाडि भइरहेको वाम गठबन्धन प्रयासको एउटा पाटो पनि थियो ।
ओली र श्रेष्ठले गत जेठ २९ मा राष्ट्रियता र वाम एकताबारे बालकोटमा दुई घण्टा छलफल गरेका थिए । त्यसको एक महिनापछि नेपाल–चीन हिमालय मैत्री समाजले गरेको नेपालको भूराजनीतिक अखवस्था, यसका चुनौती र अबको बाटो विषयक विमर्शमा उनीहरूले एक–अर्काको प्रस्तावलाई समेत समर्थन गरे । उनीहरू नेकपा विभाजनपछि पहिलोपटक सार्वजनिक कायक्रममा एकसाथ उपस्थित भएका थिए ।
एमालेको नेताहरूको नेतृत्वमा रहेको नेपाल–चीन हिमालय मैत्री समाजले ओली र श्रेष्ठलाई एउटै मञ्चमा सहभागी गराएर नयाँ बहसको सुरुवात गर्न खोजेको थियो । अध्यक्ष प्रचण्ड दिल्ली भ्रमणमा रहेका बेला कार्यक्रममा सहभागी श्रेष्ठले एमाले र माओवादी केन्द्रबीच एकता हुन नसके पनि चुनावी तालमेल हुनुपर्ने बताएका थिए । माओवादीभित्र अध्यक्ष प्रचण्डसहितका नेता अहिलेकै गठबन्धन निरन्तरताको पक्षमा देखिएका बेला श्रेष्ठ भने खुलेर वाम गठबन्धन र एकताको पक्षमा उभिएका छन् ।
देश जोगाउन वामपन्थी दलबीच एकता हुनुपर्ने र सबैले आत्मसमीक्षा गर्नुपर्ने उनको धारणा थियो ।
नेकपा भंगपछि माओवादी र एककृत समाजवादीलाई वामपन्थी शक्ति स्वीकार गर्न आनाकानी गरेका एमाले अध्यक्ष ओलीले पनि श्रेष्ठको प्रस्तावमा समर्थन गरे ।
कान्तिपुरका अनुसार एमाले र माओवादी केन्द्रबीच अहिले सम्भव भए एकता, नभए पनि चुनावी तालमेल गर्ने विषयलाई लिएर संवाद भइरहेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया