साढे १७ हजार प्रहरीलाई नयाँ पद, तलब पुरानै

काठमाडौं । तल्लो तहका प्रहरीको मनोबल उकास्न भन्दै सरकारले गत चैतमा तीनवटा नयाँ पद थपेर साढे १७ हजार प्रहरीको बढुवा गर्यो । तर बढुवाको चार महिना हुन लाग्दा पनि उनीहरूको तलब भने बढेको छैन ।
प्रहरी नियमावली संशोधन गरी सरकारले वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप गरेको थियो । थियो । ती पदमा गत चैतमा साढे १७ हजार प्रहरीको बढुवा भएको थियो । उनीहरूको ग्रेडलाई आधारभूत तलब बनाउने गरी नयाँ पदमा बढुवा गरिएको थियो । तर अहिलेसम्म नयाँ तलब पाउन सकेका छैनन् ।
अर्थ मन्त्रालयले प्रहरीको नयाँ तलबमान स्वीकृत नगर्दा बढुवाको तीन महिनाभन्दा लामो समय हुँदा पनि प्रहरीले पुरानै तलब पाएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया