साढे १७ हजार प्रहरीलाई नयाँ पद, तलब पुरानै
काठमाडौं । तल्लो तहका प्रहरीको मनोबल उकास्न भन्दै सरकारले गत चैतमा तीनवटा नयाँ पद थपेर साढे १७ हजार प्रहरीको बढुवा गर्यो । तर बढुवाको चार महिना हुन लाग्दा पनि उनीहरूको तलब भने बढेको छैन ।
प्रहरी नियमावली संशोधन गरी सरकारले वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप गरेको थियो । थियो । ती पदमा गत चैतमा साढे १७ हजार प्रहरीको बढुवा भएको थियो । उनीहरूको ग्रेडलाई आधारभूत तलब बनाउने गरी नयाँ पदमा बढुवा गरिएको थियो । तर अहिलेसम्म नयाँ तलब पाउन सकेका छैनन् ।
अर्थ मन्त्रालयले प्रहरीको नयाँ तलबमान स्वीकृत नगर्दा बढुवाको तीन महिनाभन्दा लामो समय हुँदा पनि प्रहरीले पुरानै तलब पाएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया