सेती नदीले सडक कटान गरेपछि यातायात बन्द
बझाङ । बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो ।
नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सेतीको बाढीले जालेबगरमा सडक कटान भइरहेको छ । अहिले साना सवारीसाधन आवतजावत भइरहे पनि ठूला सवारीसाधन भने ठप्प छन् ।
गत वर्ष असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले बगाएको उक्त सडक पुनःनिर्माणको काम नसकिँदै फेरि गए राति बगाएको हो । सडक बगाउँदा धनगढी, काठमाडौंलगायत ठाउँ जाने तथा जिल्ला भित्रने यातायातका साधन बाटोमै थन्किएका छन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया